स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा

२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालमा सेवा प्रदान गर्दै बिताएका थिए।