डब्लुएचओ क्षेत्रीय निर्देशकको दौडमा नेपालसहित चार देश रहेको चर्चा, आधिकारिक सूची २३ नोभेम्बरमा आउने

आगामी २३ जनवरीमा स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओ मुख्यालयमा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। बैठकले मतदानमार्फत नयाँ क्षेत्रीय निर्देशकको मनोनयन गर्नेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ सत्रले क्षेत्रीय समितिको सिफारिसका आधारमा नयाँ निर्देशक नियुक्त गर्नेछ।