अपांगता भएका व्यक्तिहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने उद्देश्यले तयार पारिएको तालिम प्याकेजमाथि सरोकारवालाबीच छलफल गरिएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमा सञ्चालन भइरहेको ‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा पहुँचका लागि अपांगता भएका व्यक्तिका संस्थाहरूको क्षमता सुदृढीकरण (स्कोप फर एसआरएचआर)’ परियोजनाअन्तर्गत शुक्रबार काठमाडौंको डिल्लीबजारस्थित होटल पेन्सन […]