१९ जेठ, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका-८ खप्टी नाला क्षेत्रको डेढ किलोमिटर हुलाकी सडक भारतसँगको सीमा विवादका कारण निर्माण अघि बढ्न सकेको छैन ।
२०७३ सालदेखि निर्माण थालिएको पुनर्वासदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये यो क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण अहिलेसम्म सडक कालोपत्रे भएको छैन । स्थानीयवासी विवाद समाधान गरी सडक निर्माण गरिदिन माग राखी विगत ९ वर्षदेखि …