काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरै शुक्रबार हावाहुरी-बताससहितको भारी वर्षा भएकाे छ । पश्चिमी न्युन चापीय र स्थानीय वायु प्रणालीको प्रभावबाट चट्याङसहित देशैभरी असिना पानी समेत परेको हो । उपत्यकासहित चितवन, पोखरा, बुटबल, अर्घाखाँची, दाङ, ओखलढुंगा र धनकुटासहित देशका विभिन्न भू-भागमा शुक्रबार अपराह्न असिना पानी परेको हो । देशैभरी दिउँसै अँध्यारो भएको थियो । हावा हुरीसहितको […]