८९ करोड हिनामिना गर्ने पोखरा सहकारीका अध्यक्षसहित आठजना पक्राउ

काठमाडौँ। सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना गर्ने पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारी रजिस्ट्रारको कार्यालय कास्कीले ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ तीन पैसा हिनामिना भएको भन्दै हिजो (मंगलबार) कारबाहीका लागि पत्राचार गरेपछि कास्की प्रहरीले आज (बुधबार) उनीहरुलाई पक्राउ गरेको हो। […]