काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले एकीकृत ‘युथ इकोसिस्टम’ निर्माणको कार्य अघि बढाएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले छरिएर रहेका विभिन्न सरकारी संयन्त्र र कार्यक्रमहरूलाई एकीकृत गरी युवा विकासका लागि एउटै प्रणाली विकास गर्न लागिएको जानकारी दिएका छन् […]