मुद्दा ४४ जनाविरुद्ध, फिर्ताको निर्णय लामिछानेको मात्र

८ पुस २०८१ मा कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी एउटै अभियोगपत्रमा सात वटा कम्पनीसमेत ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। तर, बुधबार महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्र मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिने निर्णय गरेको छ। २१ फागुनको प्रतिनिधिसभा निर्वाचन आउन ४९ दिन […]