काठमाडौं क्षेत्र नम्बर ८ बाट विराजभक्तको एकल सिफारिस

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ८ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विराजभक्त श्रेष्ठको एकल सिफारिस गरेको छ। पार्टीको आज बसेको काठमाडौं क्षेत्र नम्बर ८ समितिको बैठकले यस्तो निर्णय गरेको नेता महेन्द्र शर्माले जानकारी दिए। शर्माका अनुसार श्रेष्ठलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको हो। श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअगाडि संसदीय दलको उपनेता थिए। […]