पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय सदस्यमा जिते सहमहामन्त्री उठ्ने घोषणा गरेका छन्।  महाधिवेशन स्थल चितवनबाट उनले केन्द्रीय सदस्य जितेको खण्डमा सहमहामन्त्री उठ्ने निधो गरेका हुन् ।  ‘केन्द्रीय सदस्य जिते सहमहामन्त्री उठ्छु । पहिला केन्द्रीय सदस्यको निर्वाचन जित्नुपर्‍यो ।’ उनले भने ।