भाट-भटेनी सुपर स्टोरको चितवन जिल्लाको भरतपुरस्थित शाखा आगामी चैत्र २७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर व्यवस्थापनले सूचना जारी गर्दै सो दिनदेखि नियमित रूपमा सेवा सुरु हुने जानकारी दिएको हो। व्यवस्थापनका अनुसार, स्टोर दैनिक बिहान १०:०० बजेबाट नियमित रूपमा सञ्चालन हुनेछ। ग्राहकहरूको सुविधा र सहज खरिद अनुभवलाई ध्यानमा राख्दै स्टोरलाई पुनः सक्रिय बनाइएको हो। […]