एलन मस्कको मुद्दामा आंशिक झट्का : ठगीकाे दाबी खारेज, तर अन्य आरोपमा सुनुवाइ जारी

अमेरिकामा बहुचर्चित प्रविधि कम्पनी ओपनएआईसँग सम्बन्धित मुद्दामा एलन मस्कलाई आंशिक झट्का लागेको छ। अमेरिकी अदालतले मस्कले दायर गरेको ठगी र संरचनात्मक ठगीसम्बन्धी दाबीहरू खारेज गरिदिएको छ भने परोपकारी ट्रस्ट उल्लंघन र अनुचित लाभसम्बन्धी आरोपहरूमा भने मुद्दा अघि बढ्ने निर्णय गरेको छ। यो निर्णय क्यालिफोर्नियाको ओकल्याण्डस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश इभोन गोंजालेज रोजर्सले शुक्रबार सुनाएकी हुन्। […]