इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला कि भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उनका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठुलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उनका लागि […]