उपराष्ट्रपति यादवले भने- निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउँछ
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको बताए ।