काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । शुक्रबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको हाे। साथै बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। […]