भोटेकोशी बाढीपछि रसुवागढी–केरुङ नाका बन्द हुँदा चीनसँगको आयात व्यापार मुस्ताङको कोरला नाकातर्फ मोडिएको छ। आयात ह्वात्तै बढेसँगै लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलाबाट चिनियाँ मालवस्तुको पैठारी तीव्र रूपमा बढेको हो। शुक्रबार […]