त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र श्रीराम न्यौपाने त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा भइरहेको उद्धार तथा खोजी कार्यबाट फिर्ता भएका छन्।  पार्टीको सचिवालय बैठकको निर्णयअनुसार दुवै सांसद स्थलमार्गबाट काठमाडौं फर्किरहेका छन्। इन्जिनियरसमेत रहेका सांसद ढकालले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिसको आवाज सुनिएको र उद्धार कार्यले आशाजनक मोड लिएको बताएका छन्। […]