इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका अन्तर्गत धारापानी भन्ने ठाउँमा पनि भासिएको छ ।  अविरल वर्षाका कारण सो ठाउँमा अहिले पनि सडक भासिने क्रम जारी रहेको फोटो लाइब्रेरीका फोटो पत्रकार हिरालाल गुरुङले जनाएका छन् । नेपाल प्रहरीले सूचना जारी गर्दै पृथ्वी राजमार्ग अनिश्चित कालका लागि बन्द भएको जनाएको छ ।