फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण

प्रहरीले बरामद औषधिमध्ये लोराजेपाम र क्लोर्डायजेपोक्साइड लगायतका मनोद्विपक औषधि नेपाल राजपत्रमा प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत रहेको जनाएको छ। त्यस्तै, प्रेगाबालिनसमेत सम्बन्धित विशेषज्ञ चिकित्सकको सिफारिस तथा निगरानीमा अस्पतालस्थित औषधि पसलबाट मात्र बिक्रीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको प्रहरीको भनाइ छ।