मधेस प्रदेशसभा सदस्य विच्छा पदमुक्त

जनकपुरधाम। मधेस प्रदेशसभाकी सदस्य कञ्चन विच्छा पदमुक्त भएकी छन्। मधेस प्रदेशसभाले आज सूचना टाँस गर्दै उनी पदमुक्त भएको जनाएको हो। राष्ट्रिय प्रजातान्त्रिक पार्टीले पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेकाले प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेसँगै उनलाई पदमुक्त गरिएको हो। प्रदेशसभाका सचिव बासु कोइरालाले जारी गरेको सूचनामा भनिएको छ, ‘मधेस प्रदेशका महिलातर्फ समानपातिक प्रदेशसभा […]