मेटलाइफ नेपालका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलका विभिन्न डायग्नोस्टिक सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग गरेको सहकार्यअन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहकलाई उक्त सुविधा उपलब्ध गराउन लागिएको हो। सहकार्यअनुसार योग्य डिजिटल लाइफ कार्डवाहकले सिवेक हस्पिटलको इन–हाउस ल्याबोरेटरी सेवामा १० प्रतिशत, रेडियोलोजी […]