हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय बैठकबाटै निर्णय हुनुपर्ने अडान राखेपछि अध्यक्ष केपी शर्मा ओली तत्कालका लागि पछि हटेका छन् । कोशी प्रदेश इन्चार्ज शेरधन राई र मुख्यमन्त्री कार्कीबीचको विवादका कारण ओलीले कार्कीलाई हटाउने तयारी गरेको चर्चा थियो । त्यस्तै, कार्कीले एमालेमा रूपान्तरण, पुस्तान्तरण र पुनर्जागरण आवश्यक रहेको बहसको पक्षमा खुलेर […]