काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकका माग तत्काल सम्बोधन नगरे कलेजलाई कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्र सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको हो । संघका अध्यक्ष […]