नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न कडा निर्देशन दिएको छ। पछिल्लो समय टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्महरूमा ‘अनलाइन परामर्श’को नाममा बढ्दो स्वास्थ्यसम्बन्धी सामग्रीप्रति चिन्ता जनाउँदै काउन्सिलले यस्तो कदम चालेको हो। काउन्सिलका रजिस्ट्रार डा. शतिशकुमार देवले चिकित्सकहरूले बिरामीको प्रत्यक्ष परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। उनका अनुसार […]