परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा शपथ गराएका थिए । सपथलगत्तै उनी संसद् सचिवालय पुगेर पदभार ग्रहण समेत गरिसकेका छन् । अब उनले चैत १२ गते प्रत्यक्षतर्फका १६५ र समानुपातिक १०९ जना गरी जम्मा २७४ जना सदस्यलाई शपथ […]