५६औँ वार्षिकोत्सवका अवसरमा आयल निगममा १६७ जनाले गरे रक्तदान

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। निगमले केन्द्रीय कार्यालय बबरमहलमा आज (बुधबार) गरेको कार्यक्रममा १६७ जनाले रक्तदान गरे। रक्तदानमा निगमका कर्मचारी‚ कर्मचारीका परिवार‚ बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बद्ध सहभागी बने। प्रत्येक रक्तदातालाई निगमका तर्फबाट प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। […]