एनपीएलमा विद्यार्थीको प्लेकार्ड प्रदर्शन, बाढीपहिरोपीडितका पक्षमा उठ्यो आवाज

काठमाडौं । क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धाबीच नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानबाट जलवायु न्यायको आवाज उठेको छ। सनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्सबीचको खेलका क्रममा विद्यार्थीहरूले ‘CLIMATE JUSTICE’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु संकटप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल हेर्न पुगेका विद्यार्थीहरूले दर्शकदीर्घाबाट प्लेकार्ड प्रदर्शन गरेका थिए। खेलको माहोलबीच […]