भारतको इथानोल मिसावट: सरकार र कम्पनी फाइदामा, उपभोक्तामाथि भार बढेपछि चुलियो असन्तुष्टि

भारतले इन्धन आयातमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र किसानको आम्दानी बढाउने लक्ष्यसहित अघि बढाएको इथानोल मिश्रित पेट्रोल (ई–२०) कार्यक्रम अहिले तीव्र बहसको विषय बनेको छ । सरकार र उद्योग क्षेत्रले यसलाई ऊर्जा सुरक्षातर्फको ऐतिहासिक उपलब्धि भन्दै प्रचार गरिरहेका बेला उपभोक्ता, खाद्य सुरक्षा, पानीको स्रोत र वातावरणमा यसको दीर्घकालीन असरबारे गम्भीर प्रश्न उठ्न थालेका […]