ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले देशभर देखिएको ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या मौसमी नभई वितरण पूर्वाधारको संरचनागत कमजोरीका कारण भएको बताएका छन्। उनले समस्या समाधानका लागि चार महत्वपूर्ण निर्णय गरिएको जानकारी दिएका छन्। सातै प्रदेशका प्रदेश प्रमुख तथा दुई डिभिजन कार्यालयसहित विद्युत् वितरण नेतृत्वसँग बसेको बैठकपछि मन्त्री श्रेष्ठले पुरानो वितरण सञ्जालमा विद्युत् माग तीव्र […]