संकटमा निगमको २० अर्बको स्थिरीकरण कोष, तेलको मूल्य बढ्दा २ महिना पनि नधान्ने चिन्ता

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य फेरि बढेसँगै आम उपभोक्तामाझ चासो र चिन्ताको विषय बन्न पुगेको छ । नेपाल आयल निगम लिमिटेडले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको छ । […]