केपी ओलीको जिकिर- संसद् पुनःस्थापना भए मुलुकले राजनीतिक निकास पाउँछ

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन्। प्रेस चौतारी नेपालको टोलीसँग आइतबार छलफल गर्दै उनले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने बताए। उनले यसरी असंवैधानिक तरिकाले संसद् विघटन गर्दै जाँदा मुलुकको राजनीतिक प्रणालीमा गलत नजिर बस्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। […]