नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको विशेष उपस्थितीमा समसामयिक आर्थिक अवस्थाबारे वृहत छलफल गरेको छ। जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलन पश्चातको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना लगायतका मुद्दामा निजी क्षेत्रका टोली, उद्योग–व्यवसायी तथा चेम्बर पदाधिकारीबीच व्यापक विचार–विमर्श गरिएको थियो। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनालसमक्ष कर संरचना, लगानीको […]