दिपक बोहोरा/हिमाल खरेल, झापा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८–० ले र संकटा एफसीले घरेलु झापा एफसीलाई ६-० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।