ट्रेकिङ कथा: पीडा र सन्तोषको संगम!

जति उकालो चढ्दै गयो, जुत्ता विस्तारै भारी लाग्दै थियो। गोडाहरू लर्बराउन सुरु गरिसकेका थिए। अनि ब्याग भारी लाग्दै थियो। फोटो खिच्ने उत्साह पनि विस्तारै मर्दै मर्दै थियो। न्यानो घाम चर्को लाग्न थालिसकेको छ। उकालो देख्दा पनि रिस उठ्न थालेको छ।