पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।