थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारू समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ । थारू समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । […]