बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदानस्थल थप्न तथा दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ । सहज र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न एउटा मतदानस्थल थप्न तथा दुईवटा मतदानस्थल स्थानान्तरणका लागि निर्वाचन आयोग समक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए । मतदाताको बढ्दो […]