बिहेको निमन्त्रणा कार्ड!

तिमीले पठाएको निम्तोलाई मैले नकार्न सकिनँ। तिमी अन्मिएर गएको हेर्ने आँट पनि अब ममा छैन। तैपनि तिमीलाई उप्रान्त कतै ठेस नलागोस् भनी शुभकामना दिँदै छु। अब मसँग तिमीलाई दिन सक्ने चिज केही छैन यो बाहेक।