मनसुन सक्रिय, देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, लुम्बिनी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर सामान्य बदली रहने तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।