काठमाडौँ । प्रतिनिधिसभाको वर्षे अधिवेशनका क्रममा सरकारले ३५ वटा विधेयक संसदमा दर्ता गरेको छ। तीमध्ये १२ वटा विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् भने ११ वटा राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेका छन्। अधिवेशनका क्रममा संसदमा प्रस्तुत गरिएका अन्य विधेयक भने विभिन्न समिति तथा सदनमा छलफल र विचाराधीन अवस्थामा रहेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । […]