हिमालय एयरलाइन्सले पहिलो पटक काठमाडौं-सेन्जेन सिधा उडान गर्दै

१८ जेठ, काठमाडौं । नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान गर्ने भएको छ । हिमालयले ४ जुन २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको …