कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

टक्सार– कवि तथा साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो । सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुन्छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ […]