वीरगञ्जमा फेरि निषेधाज्ञा लागू, तोकिएको क्षेत्रमा भेला र प्रदर्शनमा रोक

काठमाडौँ । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पुनः निषेधाज्ञा जारी गरेको छ। प्रशासनको निर्णय अनुसार शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। निषेधाज्ञाको दायरा पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास […]