इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरूलाई जाँड खुवाउने चलन छ ।  वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्रामाको समयमा मात्र पूरा खुल्ला गरिन्छ ।  द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । यसै दिनबाट जात्रा नसकिँदासम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ । सात […]