सुनको पिँजडामा दुई वर्ष…

यसै बिचमा एउटा अप्रत्याशित घटना घट्यो- अप्रिल १८, २०१५ को दिनमा। म र मेरो हाकिम बन्दर्बेला भन्ने समुद्री तटीय बस्तीमा प्रोजेक्ट साइट भिजिटमा गएका थियौँ, जम्मा तीन दिनको भ्रमण। यही अवधिमा गारावेमा युनिसेफको गाडीमा आत्मघाती बम हमला भयो। आफ्नो भाग्य नै भनौँ, म त्यो मितिमा गारावेमा नभएकोले बचेको हो।