पहिरोले उजाडिएको बिसौनाका नागरिकले पाए लालपुर्जा

गुल्मी। पहिरोले पटक पटक जीवन र बस्ती लुटेको मुसिकोट नगरपालिका–१ बिसौनाका पीडित परिवारले डेढ दशकपछि बल्ल लालपूर्जा पाएका छन्। बिसौनाबाट विस्थापित १५ घरपरिवारले बस्ती स्थानान्तरणका लागि थामडाँडामा खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र पाएका हुन्। बिसौनाको पहिरो इतिहास दर्दनाक छ। विसं २०६४ र २०८१ मा गएको पहिरोले एउटै बस्तीबाट १० जनाको ज्यान लिएको थियो। पहिरोले घर […]