जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्ने

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमाथि सुनुवाइ गर्ने भएको छ । अदालतले बिहीबार एक घोषणा गर्दै आगामी केही हप्ता ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमाथि सुनुवाइ गर्ने जनाएको हो । ट्रम्पको आदेशले कागजातबिहीन आप्रवासीहरू र विदेशी बासिन्दाहरूका बच्चाहरूलाई जन्मजात नागरिकता प्रदान गर्ने प्रावधानलाई अन्त्य […]