दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएका छन्। समथर भूभाग र सिँचाइको राम्रो व्यवस्था रहेको दरौँदी नदी आसपासका फाँट धान खेतीका लागि उपयुक्त मानिन्छन्। यस क्षेत्रमा किसानले वर्षमा चैते र असारे गरी […]