४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन

मेडिकल अफिसरहरूको अस्पताल प्रशासनसँग विभिन्न माग राखेर आन्दोलन सुरु गरेका हुन् । उनीहरुले भनेका छन्, 'तलब बक्यौता, श्रमशोषण, तथा मेडिकल अफिसरको अभावबारे पटक–पटक प्रशासनलाई जानकारी गराउँदा पनि कुनै ठोस कदम नचालिएकाले २०२५ अक्टोबर १९ (२०७२ असोज ४ गते आइतबार) देखि  आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरिएको हो।'