पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ ।  लागूऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको हो ।  पर्सा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर […]